बाबुले अंगिकृत ना.प्र. प्राप्ती गर्नु पुर्व जन्मेका सन्तानको ना.प्र.
शुल्क
|
रु१० को हुलाक टिकट |
लाग्ने समय
|
प्रमाणपुगेको हकमा सोही दिन र नपुगेको हकमा प्रमाण पुगेपछि। |
कागजातहरु
- स्थानिय निकायको सिफारिस सहित अनुसूची–७ बमोजिमको ढाँचामा प्रमुख अधिकारी समक्ष रितपूर्वक निवेदन।
- बाबु आमाको नेपाली नागरिकताको प्रमाणपत्र ।
- बाबु आमासँग निवेदकको नाता प्रमणित ।
- नेपालमा बसोबास गरिरहेको व्यहोरा खुल्ने स्थानिय तहको सिफारिस ।
- निवेदकको जन्ममिति र जन्म स्थान खुल्ने गरी गाउ विकास समित नगरपलिकाले गरिदिएको सिफारिस र जन्म दर्ता प्रमाण पत्र ।
- नेपालमा अध्ययन गरेको भए शैक्षिक योग्यताको प्रमाणपत्र ।
- नेपालमा स्थायी बसोबासगरी काम गरेको भए सोको प्रमाण ।
- मतदाता नामावलीमा नाम भएको भए वा मतदाता परिचयपत्र प्राप्त गरेको भए सोको प्रमाण ।
- नेपाल नागरिकता नियमावली २०६३ को नियम ७ को उपनियम ५ बमोजिम निवेदन प्राप्त भएपछि सोहि दिन निवेदकको तीनपुस्ते खुल्लाइ गरिएको सार्वजनिक सूचना
- निवेदक अंगिकृत नेपाली नागिरकताको प्रमाणपत्र प्राप्त व्यत्तिकै सन्तान हो भन्ने कुराको यकिन हुने अन्य कागज प्रमाण ।
