नागरिक वडापत्र
नागरिक वडापत्रको प्रकार
| सि.नं. | सेवाको विवरण | कागजातहरु | प्रक्रियाहरु | |||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
| 1 |
बंशजको नाताले नागरिकता प्रमाण पत्र प्रदान गर्ने कार्य |
|||||||||||
|
अनुसूचि १ बमोजिमको विवरण भरी सम्बन्धित स्थानीय तहबाट दुवै कान देखिने हालसालैको फोटो समेत प्रमाणित आवेदन फाराम । जन्म दर्ता/ जन्म प्रमाणित पत्र सक्कल र प्रतिलिपि । आमा, बाबु वा आफ्नो वंशज तर्फका तीन पुस्ता भित्रका नातेदारको नागरिकताको प्रमाणपत्र । शैक्षिक योग्यताको प्रमाणपत्र । सनाखतको लागि एकाघरका अभिभावक । स्पष्ट मुखाकृती (दुवैकान) देखिने हालसालै खिचिएको (२.५×३) CM साईजको स्तरीयफोटो २ प्रति (रातो Background नभएको) । विवाहित महिलाको हकमा पतिको नागरिकता र विवाहदर्ता प्रमाणपत्र, घरपट्टीको एकाघरको सनाखत, माईतीपट्टीको बाबु वा बंशज खुल्ने नागरिकताको प्रमाणपत्र प्रतिलिपि। बसाईसराईको हकमा बसाईसराई प्रमाणपत्र, जग्गाधनी प्रमाणपुर्जा, नक्सापासको प्रमाण, पानी, विजुली, टेलिफोन महशुल कार्ड आदिको प्रमाण । पेश गरिएका नागरिकताहरूको आधिकारिकता CCIMS बाट वा सम्वन्धित जिल्ला बुझिने । उल्लेखित प्रमाणहरु पेश गर्न नसकिएको हकमा स्थलगत प्रहरी सर्जमिन र अन्य थप प्रकृयाहरु अवलम्वन गरिने । |
|||||||||||
| 2 |
जन्मकोअधारमा ना.प्र. प्राप्तको सन्ततीको लागि |
|||||||||||
|
अनुसूचि १ बमोजिमको विवरण भरी सम्बन्धित स्थानीय तहबाट दुवै कान देखिने हालसालैको फोटो समेत प्रमाणित आवेदन फाराम । आमा बाबुको नेपाली नागरिकताको नागरिकताको प्रमाणपत्र । जन्म दर्ता प्रमाण पत्र सक्कल रप्रतिलिपि । पारिबारिक विवरण र फोटो टाँस गरेको नाता प्रमाणित । स्थायी बसोबास प्रमाणित (कहिलेदेखि कस्तो जग्गामा?) १६ बर्ष उमेर पुरा भएको र जन्मस्थान समेत खुलेको प्रमाण (जन्मदर्ताको प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणत्र) । सनाखतको लागि एकाघरका अभिभावक । स्पष्ट मुखाकृती (दुवैकान) देखिने हालसालै खिचिएको (२.५×३) CM साईजको स्तरीय फोटो २ प्रति (रातो Background नभएको) । विवाहित महिलाको हकमा पतिको नागरिकता र विवाहदर्ता प्रमाणपत्र, घरपट्टीको एकाघरको सनाखत, माईतीपट्टीको एकाघरको नागरिकताको प्रमाणपत्र। बसाईसराईको हकमा बसाईसराई प्रमाणपत्र, जग्गाधनी प्रमाणपुर्जा, नक्सापासको प्रमाण, पानी, विजुली, टेलिफोन महशुल कार्ड आदिको प्रमाण । पेश गरिएका नागरिकताहरूको आधिकारिकता CCIMS बाट वा सम्वन्धित जिल्ला बुझिने । उल्लेखित प्रमाणहरु पेश भएपछि स्थलगत प्रहरी सर्जमिन र अन्य थप प्रकृयाहरु अवलम्वनगरिने। |
|||||||||||
| 3 |
बैवाहिक अंगिकृत |
|||||||||||
|
अनुसूचि ७ बमोजिमको विवरणभरी सम्बन्धित स्थानीयतहबाट फोटो समेत प्रमाणित गरेको आवेदन फाराम । आफू जन्मेको मुलुकको नागरिकता वा नागरिकता सरहका कागजात आइडी वा ग्रीनकार्ड वा मतदाता कार्ड आदि लिएका ब्याक्तिहरुले सो त्यागगरेको निस्सा वा त्याग गर्न प्रकृयामा रहेको सम्वन्धित दुताबास वा सम्वन्धित देशको नागरिकता हेर्ने निकाय वा भारतीयको हकमा जिल्ला मेजिष्टे«ट वा जारी गर्ने निकायबाट निजको आधार कार्ड वा मतदाता कार्ड त्यागको कारवाहीचली प्रकृयामा रहेको भनी दिएको प्रमाण। पतिको नागरिकता र विवाहदर्ता, पतिको मृत्यु भएको भए मृत्युदर्ता प्रमाणपत्र, पतिको तीनपुस्ता भित्रको नागरिकता र नाताखुल्ने प्रमाण र सनाखत । स्पष्ट मुखाकृती (दुवैकान) देखिने हालसालै खिचिएको (२.५×३) CM साईजको स्तरीय फोटो ४ प्रति (रातो Background नभएको)। अनुसुचि बमोजिम शपथ ग्रहण गर्नुपर्ने । सनाखत गर्नुपर्ने ब्याक्ति स्वयम उपस्थित हुनुपर्ने । आबश्यक देखिएमाथप प्रमाण प्रहरीसर्जमिन बुझिने । |
|||||||||||
| 4 |
बाबुले अंगिकृत ना.प्र. प्राप्ती गर्नु पुर्व जन्मेका सन्तानको ना.प्र. |
|||||||||||
|
स्थानिय निकायको सिफारिस सहित अनुसूची–७ बमोजिमको ढाँचामा प्रमुख अधिकारी समक्ष रितपूर्वक निवेदन। बाबु आमाको नेपाली नागरिकताको प्रमाणपत्र । बाबु आमासँग निवेदकको नाता प्रमणित । नेपालमा बसोबास गरिरहेको व्यहोरा खुल्ने स्थानिय तहको सिफारिस । निवेदकको जन्ममिति र जन्म स्थान खुल्ने गरी गाउ विकास समित नगरपलिकाले गरिदिएको सिफारिस र जन्म दर्ता प्रमाण पत्र । नेपालमा अध्ययन गरेको भए शैक्षिक योग्यताको प्रमाणपत्र । नेपालमा स्थायी बसोबासगरी काम गरेको भए सोको प्रमाण । मतदाता नामावलीमा नाम भएको भए वा मतदाता परिचयपत्र प्राप्त गरेको भए सोको प्रमाण । नेपाल नागरिकता नियमावली २०६३ को नियम ७ को उपनियम ५ बमोजिम निवेदन प्राप्त भएपछि सोहि दिन निवेदकको तीनपुस्ते खुल्लाइ गरिएको सार्वजनिक सूचना निवेदक अंगिकृत नेपाली नागिरकताको प्रमाणपत्र प्राप्त व्यत्तिकै सन्तान हो भन्ने कुराको यकिन हुने अन्य कागज प्रमाण । |
|||||||||||
| 5 |
प्रतिलिपि अभिलेखिकरण |
|||||||||||
|
सम्बन्धित स्थानीय तहबाट फोटो समेत प्रमाणित गरी नागरिकता प्रमाणपत्र नं. र जारीमिति समेत उल्लेख भएको अनुसूचि–२ बमोजिमको आवेदन फाराम, नागरिकताको सक्कल फोटोकपी । स्पष्ट मुखाकृती (दुवैकान) देखिने हालसालै खिचिएको (२.५×३) CM साईजको स्तरीय फोटो २ प्रति (रातोBackground नभएको) । ना.प्र.पत्र नं.,जारीमिति र जन्ममिति खुल्ने अन्य कागजात । अन्य जिल्लाको नागरिकता भए वसाइसराइको प्र.प. र सम्वन्धित जिल्लाबाट वा CCIMS बाट अभिलेख। |
|||||||||||
| 6 |
नागरिकताको संसोधन |
|||||||||||
|
अनुसूची फाराम २ बमोजिम रीतपूर्वकको निवेदन । संशेधन पुष्टी हुने कागज प्रमाण । सर्जर्मिन र अवश्यक अन्य प्रकृया । स्पष्ट मुखाकृती (दुवैकान) देखिने हालसालै खिचिएको (२.५×३) CM साईजको स्तरीय फोटो २ प्रति (रातो Background नभएको । (नागरिकताको प्रमाणपत्रमा उल्लेखित थर उमेर र सानातिना त्रुटीहरु मात्र सच्चाउन सकिने) |
|||||||||||
| 7 |
नागरिकताको अभिलेख प्रमाणित |
|||||||||||
|
नियम अनुसारको निवेदन वा सम्वन्धित निकायको कारण सहितको पत्र । सक्कल ना. प्र. र एकप्रति छायाँप्रति । |
|||||||||||
| 8 |
नावालक परिपयपत्र विवरण |
|||||||||||
|
रीतपूर्वकको निवेदन र सिफारिस । बाबु आमाको नागरिकताको सक्कल र फोटोकपि । जन्मदर्ता प्रमाणपत्र र स्थानीय तहको सिफारिश र नाता प्रमाणित । शैक्षिक योग्यताको प्रमाणपत्र । निवेदक स्वयम र बाबु वा आमा मध्ये एकको उपस्थिती र सनाखत । हालसालै खिचेको फोटो २ प्रति । बसाई सरी आएकाको हकमा बसाईसराई प्रमाणपत्र र सम्वन्धित जिल्लाबाट नागरिकताको अभिलेख प्रमाणित वा (CCIMS Entry Print) |
|||||||||||
| 9 |
विवरण व्यहोरा प्रमाणित |
|||||||||||
|
आदिवासी, जनजाति, दलित, मधेशी सम्बन्धी प्रमाणितको लागि रीतपूर्वकको निवेदन र स्थानीय तहको सिफारिस। नागरिकताको सक्कल र एकप्रति प्रतिलिपि । नावालकको हकमा नावालक परिचयपत्र र अभिभावक ना.प्र. प्रतिलिपी । |
|||||||||||
| 10 |
राष्ट्रिय परिचयपत्र विवरण दर्ता |
|||||||||||
|
उमेर खुलेको र जारी मिति स्पष्ट खुलेको फोटो बुझिने अवस्थामा रहेको नेपाली नागरिकताको प्रमाणपत्र सक्कल । बिवाहित महिलाको हकमा बिबाह दर्ता प्रमाणपत्र । नागरिकताको ठेगाना भन्दा अन्यत्र ठेगाना राख्न परेमा बसाईसराईको प्रमाणपत्र । नागरिकतामा उमेर नखुलेमा उमेर खुल्ने अन्य प्रामणिक कागजात । परिचयपत्र प्राप्त गर्न योग्य व्यक्तिको प्रमाणिक Online फाराम व्यक्तिगत विवरणहरू (नाम, थर, जन्म मिति, लिङ्ग, आमाबुबाको नाम, ठेगाना, नागरिकताको किसिम, पति/पत्नो नाम, बाजेको नाम)आदि विवरणहरु । Biometric विवरण प्रविष्ट । |
|||||||||||
