2076-07-19
2076-07-19
आदिबासी तराई मुलका मानिसहरुको बसोबास रहेको रौतहट जिल्ला मध्येमांचल विकास क्षेत्रको सब भन्दा सानो र नारायणी अन्चल अन्तर्गतको तराईको एक जिल्ला हो | यस जिल्लाका अधिकांश बासिन्दाहरु राउत, यादव र यहाँ धेरै हाट बजार,बस्ती, गाउ रहेको हुदाँ राउत र हाट शब्दाको अप्रभंश भइ रौतहट नामकरण भएको किवदन्ती छ . राउत थर खास गरि यादवहरुले प्रयोग गर्ने गरेकोले यादवको बस्ती बढी भइ निजहरुको थरको आधारमा नै रौतहटको नामकरण भएको देखिन्छ |
जिल्लाको चिनारी:
क्षेत्रफल - ५५२६ बर्ग कि.मि
कृषि क्षेत्र - ५८ प्रतिशत
बन क्षेत्र - २६ प्रतिशत
निर्वाचन क्षेत्र - ४ वटा
नगरपालिका - १६ वटा
गाउपालिका २ वटा
पूर्वमा सर्लाही र पश्चिम बारा जिल्लाको दुरी - ३३ कि.मि
नेपाल, भारत र यस जिल्ला सम्मको सिमा स्तम्भ संख्या - १३३ वटा
ठुलो सिमा स्तम्भ संख्या ३७ वटा
सानो सिमा स्तम्भ ९६ वटा
जनसंख्या - ६८६७२२ , मध्ये महिला --३३५६४३ जना,पुरुस ३५१०७९ जना
यो जिल्लामा उष्ण प्रदेशीय हुदाँ गर्मि मौसममा तापमान बढीमा ४४ डिग्री सेल्सियस र जाडोमा ५ देखि ६ डिग्री सेल्सियस पुग्दछ | बागमती , लालबकैया,अरुवा ,झाझ ,पौराई,भकुवा , चाँदी आदि यो जिल्लाका मुख्य नदीहरु हुन् |जिल्लाको सबै क्षेत्रहरु समथर छ |
जिल्लाको ऐतिहासिकता तर्फ विचार गर्दा नेपाल एकीकरण हुनु पुर्व जय प्रकाश मल्लाद्वारा झिकाहिएको बंगालका सुल्तानका फौजलाई लखेट्दै आएका गोर्खाली सेना र उक्त बंगाली सेना बीच रौतहटको संग्रामपुरमा लाडाई भएको समनपुरमा पुग्दा समन (युद्ध समाप्ती ) भएको र विश्रामपुर पुगी गोर्खाली सेनाले बिश्राम गरि विजयोत्सव मनाइँ एतिहासिक राजदेवी मन्दिरमा पुजापाठ गरि फिर्ता भयको भन्ने कुरा प्रचलित रहेको छ |
© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय, गरुडा, रौतहट
Powered By: ProActive Developers